Thursday, January 29, 2015

बेपत्ता भएको एअर एसियाको बिमान दुर्घटनाग्रस्त भएको पुष्टी, सवैको ज्यान गयो

गत डिसेम्बर २८ मा सम्पर्कबिहिन भएको एअर एसियाको बिमान दुर्घटनाग्रस्त भएको भएपनि अहिलेसम्म मेलशियाले आधिकारिक पुष्टी गरेको थिए । मलेशियाली अधिकारीहरुहले आज उक्त विमान दुर्घटनाग्रस्त भएको र घटनामा सम्पूर्ण यात्रुले ज्यान गुमाएको औपचारिक पुष्टी गरेका हुन् ।

यता विमान सहचालकले चलाएक कारण दुर्घटनाग्रस्त भएको समेत पाईएको छ । बिमान उडानको समयमा उनले ३२ हजार फिटमाथि उडिरहेको बिमानलाई ३० सेकेन्ड भित्र ३७ हजार फिट उचाइमा पुर्याइ पुन ३२ हजार फिटमा झारेको इन्डोनेसियाको हवाई उड्डयन प्राधिकरणले जनाएको छ ।

गत डिसेम्बर २८ मा इन्डोनेसियाको सुरबायाबाट सिंङापुरका लागि १ सय ६२ यात्रु सहित उडान भरेको विमान जाभामा दुर्घटनाग्रस्त भएको थियो ।

No comments:

Post a Comment