Showing posts with label desh. Show all posts
Showing posts with label desh. Show all posts

Monday, February 9, 2015

दाइजो नल्याएको भन्दै सिरहामा नवविवाहिताको जलाएर हत्या

काठमाडौं, माघ २६– सिरहामा एक नवविवाहिता महिलाको जलाएर हत्या भएको छ । जिल्लाको गोलबजार नगरपालिका–२ चोहर्वाकी २३ वर्षीया सरिता सहनीको परिवारले जलाएर हत्या गरेका हुन् ।

सहनीलाई परिवारले मट्टीतेल छर्किएर आगो लगाई हत्या गरेको स्थानीयले जनाएका छन् । तर, परिवारले मृतक आफैंले आगो लगाएर हत्या गरेको दाबी गरेपनि मृतकका पति सीताराम सहनीसहितका घरका सबै सदस्य फरार रहेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला


दाइजो नल्याएको आरोपमा सरितामाथि परिवारकै सदस्यले मट्टितेल खन्याएर आगो लगाएको हुन सक्ने आशंका प्रहरीले गरेको छ । उनको गत मङ्सिरमा मात्रै विवाह भएको थियो । मृतक सहनीको शव परीक्षणका लागि जिल्ला अस्पताल सिरहा लगिने इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिए । प्रहरी निरीक्षक निरौलाले अनुसार घटनास्थल प्रकृति मुचुल्कासहित शव परीक्षणका लागि पठाइएपछि अनुसन्धानको प्रक्रिया अगाडि बढाइने जानकारी दिए ।

Thursday, January 22, 2015

संसदवादी दलहरुले सत्ता कब्जा गर्न खोजेः विप्लव

संविधानसभा छाडेर आउन एमाओवादीलाई आग्रह
Biplap-1
८ माघ, काठमाडौं । नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेकपा माओवादीले संसदवादी दलहरु सहमति भत्काउँदै एकलौटी सत्ता कब्जा गर्न लागेको आरोप लगाएका छन् ।
माओवादी महासचिव विप्लवले बिहीबार विज्ञप्ति जारी गर्दै संसदवादी दलहरु सहमति भत्काउँदै एकलौटी सत्ता कब्जा गर्नेतिर गएर देशलाई द्वन्द्वतिर धकेल्न खोजेको आरोप लगाएका हुन् ।
नयाँ संविधान माओवादी र संसदवादी दलहरु बीचमा भएका राजनैतिक सहमतिमा लेखिनुपर्ने भन्दै उनले यो संविधानसभा भङ्ग गर्न माग गरेको छ । ‘जनताको संविधान लेख्नका लागि नयाँ सहमति सहितको अधिकार सम्पन्न राष्ट्रिय राजनैतिक सभा गठन गरिनुपर्दछ’ विज्ञप्तिमा भनिएको छ ।
विप्लवले एमाओवादी र अन्य राजनैतिक दलहरु जनताको संविधानकै लागि संघर्षमा उत्रिएका हुन भने तत्काल संविधानसभा त्यागेर जनतामा फर्किन र नयाँ राजनैतिक सभा गठनको पक्षमा उभिन आग्रह गरेका छन् ।

गुरिल्ला नाच चलेसम्म संविधान बन्दैन : ओली

संविधानसभा बैठकभित्र ओलीलाई अलग्गै सुरक्षा 

८ माघ, काठमाडौं । संविधानसभाभित्र घेराउ र नाराबाजी चलिरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान निर्माणको प्रक्रिया लम्बिने बताएका छन् ।
KP OLI
  • फाइल फोटो
करीव एक घण्टाको नाराबाजी हेरेर कडा सुरक्षाका बीच खाना खान बाहिरिएका ओलीले भने-‘भित्र गुरिल्लाहरुको नाच हेरिहाल्नुभयो, यो नाचगान रहेसम्म संविधान निर्माणको काम लम्बिन्छ ।’
ओलीले माओवादी संविधानसभामा रहेसम्म संविधान बन्न गाह्रो हुने बताउँदै आफूहरु अझै पनि उनीहरुलाई सम्झाई बुझाई गर्ने पक्षमै रहेको प्रतिक्रिया दिए ।
संविधानसभामा बैठक शुरु हुनुअघि नै एमाओवादी मोर्चा आवद्ध दलका सभासदहरुले सभाध्यक्ष अगाडिको वेल घेराउ गरिसकेका थिए ।
ओलीमाथि पहिलो दिनमै आक्रमण भएको र एमालेले थप सुरक्षा मागेका कारण संविधानसभा बैठक कक्षभित्रै पनि ओलीका लागि थप सुरक्षा प्रदान गरिएको संविधानसभा सचिवालय स्रोतले जनाएको छ ।
ओलीका लागि दुईजना मर्यादापालक शुरुदेखि नै उनको आशनसँगै सुरक्षार्थ तैनाथ गरिएको थियो । एमाओवादीका केही सभासदले ओलीमाथि फेरि पनि आक्रमण गर्ने धम्की दिएपछि सुरक्षा बढाइएको स्रोतले जनाएको छ ।